टुक्रा-टुक्रा जिन्दगीका हिट हुने भा’छन् अचेल
चोट, खोट, आँसु मात्र फिट हुने भा’छन् अचेल ।
जोर अङ्क पर्यो सायद् मेरो नम्बर तिम्रो लागि
डट् पेन त्यै, फरक् मात्र लिट हुने भा’छन् अचेल ।
बदला, विष, आत्महत्या, बन्ने गर्छन् समाचार
मेरा लागि तिनै सही बिट हुने भा’छन् अचेल ।
तिम्रो तिर्खा अर्कै रैछ, भा’को इनार तोडिदियौ
साथी बरु भट्टीका ती सिट हुने भाछन् अचेल ।
(sindhuliya_prakesh@yahoo.com, Facebook/Psindhuliya)
