Skip to content

सुन मेरो देस भन्दा तिमि, ठुलो होइन

तिमीले कुल्चेको मेरो भुमि ,फोहोरको धुलो होइन
सुन मेरो देस भन्दा तिमि, ठुलो होइन

तिमीले ठानेहौला सोझा छन्, यो देसका जनता भनेर
तिमीलाई जिताएका इ हातहरु सोच, लुलो होइन

चुम्बक मा फलाम टासिय झै, कति टासी न्छौ कुर्चीमा
फर्किएर नि हिड्ने गर अवोसर , फेरी बाल्न मिल्ने निभेको चुलो होइन

सक्छौ भने मिचिएका सिमा खोज , दरो बनि बोल्न जाऊ
सिमाना मा फलाम का पिल्लर गाड,फेरी उल्टो बग्ने तेही कुलो होइन

1 thought on “सुन मेरो देस भन्दा तिमि, ठुलो होइन”

  1. सुन, मेरो देशभन्दा
    अमृताजी, रदिफ कफिया मिल्यो भन्दैमा गजल त हुन्छ र? मिटर त निकै घटबढ हडबड भा’ छ त!

Leave a Reply

Your email address will not be published. Required fields are marked *