Skip to content


आगो र पानी एउटै हो भन्छन कसैले
म हो भन्छु उसैलाई !

निलो आकासको अनेक रङ
कहिले उदास कहिले उमङ
घाम र छाया एउटै हो भन्छन कसैले
म हो भन्छु उसैलाई !

जिन्दगीका दुई बाध्यता
जिउनु छ मर्नु नै छ
जीवन र मृत्यु एउटै हो भन्छन कसैले
म हो भन्छु उसैलाई !

मनभित्रका कुरा अनेक
कहिले बिस्वास त कहिले शक
माया र धोका एउटै हो भन्छन कसैले
म हो भन्छु उसैलाई !

नशिब अनुसार पाइन्छ भाग्य
कसैको न्युन त कसैको असाध्य
अभाग्य र भाग्य एउटै हो भन्छन कसैले
म हो भन्छु उसैलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *