Skip to content

मनकारी अभियन्ता बलदेव चाड

  • by
ShivaRajKalauni-02

यस लेखमा प्रवासबाट समाजको विकासका लागि लागिपरेका सुदूरपश्चिमका मनकारी अभियन्ता बलदेव चाडको व्यक्तित्वमाथि प्रकाश पार्ने कोशिश गरिएको छ ।

को हुन् बलदेवसिंह चाड ?

बुवा लक्ष्मणसिंह चाड र आमा सुर्मा चाडको कोखबाट सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको शिवनाथ गाउँ पालिका -१ नं वडाको कुड गना भन्ने स्थानमा २३ जुन १९७९मा जन्म भएको हो । आफ्नो समाजमा सेवा गर्ने मन भएपनि बाध्यतावश जागिरको सिलसिलामा उहाँ वैदेशिक रोजगारीका लागि हाल दुबईमाा हुनुहुन्छ । उहाँका एक श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको प्रारम्भिक कक्षा ३सम्मको शिक्षा भने स्थानीय शारदा मावि कुड मटेलाबाट भएको देखिन्छ ।

बलदेव सिँह चाडको बुझाइमा मानिसले कमजोर, गरीब, असहाय र दीन-दुखीहरुको कहिले पनि मजाक उडाउनु हुदैन । कसको भाग्य कतिखेर बदलिन्छ थाहा हुदैन । गरीबले आफूलाई दिएको गाँस र लाएको वचन कहिले पनि बिर्संदैन ।

“काम जुनसुकै होस इमान्दार भएर गर्नुपर्छ । अर्काको कामदेखि डाहा गर्ने वा अपहेलना गर्ने गर्नु हुँदैन । मान्छे भएर हामीले आफ्नो लागि मात्र होइन, समाजको भलाइका लागि आफूले जानेको, बुझेको र सकेको गर्नुपर्छ भन्ने मेरो सोचाइ रहन्छ । र त्यसै अनुसार मैले सकेको गरेको छु जस्तो लाग्छ । हरेक मान्छेबाट जीवनमा सानो ठुलो गल्ती हुन्छ नै तर पहिलो गल्तीबाट नै हामीले आफूमा सुधार गरी दोस्रो पटक उस्तै गल्ती गर्नबाट आफूलाई जोगाउनु पर्छ ।”

बलदेवसिंह चाड र सामाजिक कार्यहरू

स्वार्थरहित मनले समाजको लागि आवाज बुलन्द गर्ने योद्धा विरलै भेटिन्छन् । व्यक्तिगत स्वार्थबाट सामाजिक स्वार्थ उन्मुख, राजनीतिक संक्रमणबाट अलग, कुनै कसैको कुभलो नचिताई, समाजको भलाइको लागि दिनरात नभनी कटिबद्ध भएर लाग्ने थोरै छन् । ती मध्ये एक हुन, बैतडी शिबनाथ गाउँपालिका वडा नं १ निवासी बल्देवसिंह चाड । सकारात्मक र सक्रिय सामुहिक सहभागिताबाट व्यक्ति, संस्था, समाज वा समुदायलाई प्रोत्साहन गर्दै समाजलाई माथि उठाउन सकिन्छ भन्ने मान्यता राख्नु हुने चाडले व्यक्ति, समुदाय र पुरै समाजलाई सामाजिक, आर्थिक तथा मनोबैज्ञानिक तवरले सहायता गर्दै स्वावलम्बी बन्न प्रेरित गर्नुका साथै वर्तमान सामाजिक समस्याहरुलाई समाधान गर्न आफै अग्रसर भएर समाजलाई पनि सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन ।

सामाजिक अभियन्ता चाड समाजमा विद्यमान बिकृति, बिसङ्गति र गलत क्रियाकलापहरुका विरुद्ध सशक्त आवाज उठाउदै आउनु भएको छ । उहाँले समाज सुधारको लागि उठाएका आवाजहरु, समाजको लागि गरेका सकारात्मक कार्यहरु, दीन दुःखहरुलाई आपत बिपतमा गरेका अनगिन्ती आर्थिक सहयोगहरू र समाज रुपान्तरणमा गरिरहनु भएको अतुलनीय योगदान साच्चिकै यो समाजका लागि मात्रै नभएर पुरै देशको लागि एक गौरवको कुरा हो । समाज र देशको परिवर्तनको सपना देख्ने युवाहरुको लागि उहाँ एक आदर्श र प्रेरणाका स्रोत हुन । उहाँले विदेशमा भएरै पनि समाजका लागि हालसम्म केही योगदान यसप्रकार छन् ।

१) ट्याक्टर दुर्घटनामा परेका स्वर्गीय वीरभद्रसिंह चाडको छोरा गणेश चाडको उपचारका लागि आर्थिक सहयोग रु १८,००० भारु,
२) घरको अवस्था नाजुक हुदा वीरभद्र चाडकै छोरीको विवाहका लागि आर्थिक सहयोग रु ३०,०००/-
३)मुटुको समस्याले पीडित सर्मालीका लोकेन्द्र मडैको उपचारका लागि आर्थिक सहयोग रु ३०,०००/-
४)सर्मालीका स्वर्गीय प्रहरी जवान शेरसिंह साउदको परिवारलाई आर्थिक सहयोग रु १०,०००/-
५) क्यान्सर पीडित स्वर्गीय बलवीरसिंह चाडको उपचारका लागि आर्थिक सहयोग रु २५,०००/-
६) मृगौला पीडित स्वलपला कि स्वर्गीय सुना महताको उपचारका लागि आर्थिक सहयोग रु १५,०००,/-
७) कुङेफटाका अपाङ्ग बृद्ध रामसिंह साउदलाई आर्थिक सहयोग रु १५,०००/-
८) कुॅडमा खराब ब्लड समस्याले पीडित बालक निरज साउदको उपचारका लागि आर्थिक सहयोग रु १६,०००/-
९) भारतमा ज्यान गुमाएका स्वर्गीय आनदेव भट्टको परिवारलाई आर्थिक सहयोग रु १५,०००/-
१०) आर्थिक अवस्था अत्यन्त नाजुक भएर बच्चाहरुको पालन पोषणमा समस्या भएका कुस्माउतका देवराम सार्कीको परिवारलाई दाजुभाइको तर्फबाट आर्थिक सहयोग रु २०,०००/-
११) स्वलपला बगार घाँस काट्न जादा सुर्नयाँ नदिमा ज्यान गुमाउनु हुने एक जना महिलाका टुहुरा बाल बालिकाहरुका लागि आर्थिक सहयोग रु १०,०००/-
१२) कुडकै एक जना टिबी पीडित बिरामीको उपचारका लागि आर्थिक सहयोग रु १०,०००/-
१३) मुटु रोगबाट ग्रसित स्वलपला कि गीता आउजीको उपचार सहयोगार्थ रु ५,०००/-
१४) शिबनाथ-६ बसेडी कि सिद्दि धनाडी र कौशिला धनाडीको उपचारका लागि रु २०,०००/-
१५) बगार नरभक्षी बाघसँगको साहसिक लडाइँमा घाइते भएकाहरुको उपचार सहयोगार्थ रु ५,०००/-
१६) स्वर्गीय गीता महरको परिवारलाई राहत सहयोग रु ५,०००/-
१७) स्वर्गीय गंगादत्त कलौनीको परिवारलाई राहत सहयोग रु ५,०००,/-
१८) ट्रक दुर्घटनामा ज्यान गुमाएका पौंखरका स्वर्गीय हिक्मतसिंह साउदको परिवारलाई राहत रु ५,०००/-
१९) कुडको नागार्जुन निमा विलाई आर्थिक सहयोग रु ४८,०००,/-
२०) कुडको नागार्जुन मन्दिरलाई आर्थिक सहयोग रु ३२,०००/-
२१) नागार्जुन उच्चमा वि शर्मालीको प्राविधिक भवन निर्माण अभियानमा आर्थिक सहयोग रु २०,०००,/-
२२) सुदुरपश्चिम समाज दक्षिण कोरिया र ह्युमनिटी फाउन्डेशन धनगढीले डडेलधुरामा पिसिआर मसिन खरिद गर्न चलाएको अभियानमा रु १०,०००/-
२३) शिवनाथ गाउँ पालिकाको कोरोना बिरुद्धको राहत कोष मार्फत भारतबाट बिस्थापित गाउँ पालिकाकै वडा नं १का विभिन्न विद्यालयहरुमा क्वारेन्टाइनमा बसेका १८४ जना मानिसहरुको तीन दिनसम्मको खाना नास्ता लगायतको सम्पूर्ण खर्च बराबरको रकम रु ५५,०००/-
२४) शारदामा वि मटेलामा दुई कोठे भवन निर्माणका लागि दाजु भाइको तर्फबाट रु ५६,००० /-
आर्थिक सहयोग गरी भवन निर्माण आर्थिक संकलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उहाँले देश विदेशबाट उक्त भवन निर्माणका लागि रकम संकलनका लागि सबैसँग आग्रह गर्दै भारत श्रीलंका र दुबईबाट समेत ठुलो रकम जुटाएका थिए जसमा युएईका नागरिक डा अकिल हादीको रु १,४०,००० समेत उहाकै पहलमा जुटेको थियो ।

समाजमा विद्यमान गलत क्रियाकलापहरू र भ्रष्टाचार न्यूनिकरणकाका क्षेत्रमा पनि उहाका प्रयासहरू सह्रानीय छन । बैज्ञानिक वन बनाउने नाममा अनावश्यक फडानी भैरहेको अमरगढी सामुदायिक बनको थप क्षति हुनबाट रोक्ने काममा पनि उहाँहरू जस्तै सक्रिय युवाहरुको आवाजले महत्वपूर्ण भूमिका खेलेको थियो ।

यस्तो निस्वार्थ र स्वच्छ सामाजिक अभियन्ताको छवि बनाउनु भएका बल्देवसिंह चाडलाई सदियौंसम्म यो समाजले उहाँले लगाउनु भएको गुन बिर्सने छैन । उहाँ अनुकरणीय व्यक्ति भएकाले युवा पुस्तामा पनि परोपकारी भावना जागृत हुनुपर्छ र केही न केही सिक्नुपर्छ ।

समाजसेवामा कसरी प्रेरित भए बलदेव ?

हरेक मानिसको कार्यको पछाडि एउटा प्रेरणाको स्रोत हुन्छ । घर परिवार,समाज, परिवेश केबाट कसरी उत्प्रेरित हुनुभयो भनेर सोध्दा आफ्नो आमाको कार्यबाट पनि आफू समाजसेवामा जोडिन चाहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ -“सामाजिक कार्यहरूमा लाग्ने प्रेरणा मैले मेरो आमाबाटै पाए । हामी सानै हुदादेखि नै मेरो आमा गाउँ घरतिर एक वैधको रुपमा चिनिनुहुन्छ । गाउँमा महिला दिदीबहिनीहरू बच्चा पाउने समयमा सुत्केरी व्यथा लाग्दा आमालाई नै सबभन्दा पहिला बोलाउथे र आमाले बच्चा पाउने महिलाहरुको आत्मविश्वास बढाउने र बच्चा पाउनमा सहजीकरण गर्ने काम गर्नुहुन्थ्यो । त्यतिबेला दुख बिरामी पर्दा गाउँमा अहिलेको जस्तो स्वास्थ्य संस्थाहरू केही थिएनन । हामी भाइ बहिनी साना हुदा खेरि नि टाढा टाढाको गाउँबाट पनि आमालाई बोलाउन आउथे । गाउँमा कसैको बिहे, व्रतबन्ध भयो वा कुनै धार्मिक कार्य, आमालाई फाग गाउन आई दिनुपर्यो भन्थे र आमा सय काम छोडेर पनि भ्याएसम्म सबै ठाउमा पुग्नुहुन्थो । अर्को महत्त्वपूर्ण कुरा गाउँमा हुने गोरा पर्वमा अँठोलीमा गोराको डालो शिरमा राखी फाग गाइने चलन छ यो कार्य मलाई याद भएदेखि नै लगातार मेरी आमाले अहिलेसम्म फनि निभाउदै आउनु भएको छ । अहिले त हाम्रो गाउघरतिर स्वास्थ चौकीहरू छन । कसैलाई दुख बिरामी पर्दा नजिकै अस्पताल जान्छन् । उतिबेला कसैको पेटमा पसौल्या, दड भयो । कसैलाई ठुली पिड भयो । कसैका आँखाको झार निकाल्नु फर्यो । अखाका पोतरा निकाल्नु पर्यो । कसैको गाई भैसीलाई टिला बिरामी भयो भने आमालाई नै बोलाउथे । यस्तो अवस्थामा आमाले समाजका लागि गर्दै आउनुभएको सामाजिक कार्यहरू नै मेरा लागि प्रेरणाका स्रोत बने” ।

आफ्नो सानै देखिको इच्छा आफ्नो खुशी, आफ्नो घर परिवारको खुशीका साथसाथै थोरै भए पनि गरीब दीन दुखी र असहायहरुको अनुहारमा मुस्कान देख्नु हो, उहाँ स्मरण गर्नुहुन्छ ।

बलदेवसिंह चाडको बुझाईमा – “समाजमा उठबस गर्दा धेरै किसिमका मान्छेहरू भेटिए तर सधैं निस्वार्थ र असल भावना भएका मानिसहरूसँग बढीभन्दा बढी उठबस गर्दा र उनीहरूसँग नजिक हुदा उनीहरुबाट सधैं केही न केही राम्रा कुराहरू सिक्ने अवसर मिल्दो रहेछ जुन कुरा मैले मेरा अग्रजहरुबाट यस्ता धेरै कुराहरू सिक्ने अवसर पाए । समाजमा गलत धारणा बोकेका, गलत संगत भएका र नकारात्मक सोच भएका मानिसहरूको संगतबाट बाँच्नु पर्छ भन्ने कुरा पनि समयले सिकाउदै गयो । वास्तवमा म एउटा अनपढ, गाउँमा जन्मेको हुर्केको मान्छे, आज जे जस्तो अवस्थामा पुगेको छु, धेरै थोरै देश दुनिया देखेको छु, बुझेको छु, जे जति सिकेको छु यसको पुरा श्रेय मेरा आदरणीय दाजु गोपालसिंह चाड र स्वर्गीय काका वीरभद्रसिंह चाडलाई दिन चाहन्छु । उहाँहरूकै कारण आज म यो अवस्थामा छु । त्यसपछिका दिनमा मैले जे जति सिके सामाजिक संजाल फेसबुकबाट नै सिके । सामाजिक सञ्जालमा सक्रिय र सकारात्मक सामाजिक व्यक्तित्वहरू आदरणीय खेमसिंह साउद दाजु, शिबराज कलौनी सर, लालसिंह साउद दाजु, जितेन्द्र महता सर, लोकेन्द्र साउद सर, अर्जुनसिंह मडै सर, शंकरसिंह चाड अंकल लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुसितको संगतबाट नै सिके । उहाँहरूकै कारण मलाई यो बाटोमा हिड्न निरन्तर हौसला मिल्यो । यसका साथै गाउँ समाजमा गरीब, दीन दुखीको नाममा हुने अन्याय, अत्याचार र भ्रष्टाचारका बिरुद्ध आवाज उठाउनु हो र आगामी दिनहरुमा पनि बाचुञ्जेल निस्वार्थ भएर समाजका लागि मैले सकेसम्म तन, मन र बचनले भ्याएसम्म लागिरहने प्रण गर्ने एक सच्चा मनकारी युवा हुन बलदेवसिंह चाड जो कुनै पार्टीसँग आबद्ध छैनन् ।

जीवनमा मैले बुझे अनुसार मान्छेले भोग्दै जादा र देश दुनियाँ देख्दै जाँदा नयाँ नयाँ अनुभवहरू नि हासिल हुने रहेछन । हामीले बिना डिग्री र सर्टिफिकेट पनि धेरै कुराहरू गर्न सकिने रहेछ भन्ने कुराको अनुभव गराएको छ । गफ र कुरालेभन्दा मान्छे कामले चिनिदो रहेछ । कामको ईज्जत हुदो रहेछ भन्ने कुरा थाहा पाए” ।

मान्छेले इमान्दारीका साथ काम गरे अवश्य फल पाउँछ । “दुख गरी सुखमा अवश्य पुगिदो रहेछ । घर परिवारबाट टाढा रहेर जाड रक्सी, कुलत, जुवा तास, डान्स क्लब धाएर आफ्नो जीवन बर्वाद गर्नुभन्दा समाजको भोगाई र यथार्थसँग नजिक रहेर केही कुरा सिक्न र समाजका लागिसकेको केही गर्न पाउदा म यसैमा खुशी छु” – उहाँ दोहोर्याउनुहुन्छ । उहाँको यस प्रकारको खुसीबाट समाज गौरवान्वित भएको छ र उहाँको कार्य सबैका लागि प्रेरणादायी बनेको छ । यसप्रकारको सत्मार्गमा हिड्न उहाँलाई उर्जा मिलिरहोस् शुभकामना !!

-शिवराज कलौनी
शिवनाथ -२ बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *