Skip to content

सधै जीत भए पुग्छ


हार्नेछु म तिम्रो सधै जीत भए पुग्छ
जीवन-साथी होइन तिमी मित भए पुग्छ

लेख्छौ अरे मेरो नाउँमा प्रणयका काव्यहरू
तर मलाई एउटै सानो गीत भए पुग्छ

प्यास लाग्दा चाहिंदैन प्रेमको सागर मलाई
आतीमियताको दुई थोपा शीत भए पुग्छ

भग्नावशेष भए पनि विक्षिप्त यो जीवन मेरो
हाँस्नेछु म तिमीलाई हित भए पुग्छ

बिर्सनेछु मेरा मनका जहरिला चोटहरू
तिमीलाई पिलाउन अमृत भए पुग्छ

10 thoughts on “सधै जीत भए पुग्छ”

    1. धन्यवाद ।
      प्रतिक्रियाको लागि धन्यवाद ।

      1. आहा स्साह्रै राम्रो लाग्यो।।
        आहा स्साह्रै राम्रो लाग्यो।।

    2. कदर
      अरु कसैको लागि आफू चोट खाने अनि बिर्सने पनि आँट गर्नुभएकोमा त्यसको कदर गरेँ ।

      1. धन्यवाद ।
        प्रतिक्रियाको लागि धन्यवाद ।

    3. Hi
      सानु जी तपाईंको रचना धेरै मार्मिक लाग्यो र यसले मेरो मनलाई धेरै भाबुक पनि बनायो……………म सदैब तपाईंको रचनाको कदर् गर्नेछु……..Thank You Very Much…….

    Leave a Reply to Himan Gaunle Cancel reply

    Your email address will not be published. Required fields are marked *