Skip to content

सबैतिर लुटिएपछि, आँखाबाट पोखिएँ म


सबैतिर लुटिएपछि, आँखाबाट पोखिएँ म
दुई कदम सँगै हिँडेथे, बेसरी ठोकिएँ म

जिन्दगी तिमी साथ हिँडोस यही चाह थियो
तिमी बेग मारी कता पुग्यौ, बिचमै रोकिएँ म

कहिले रत्न भए कहिले पथ्थर यस्तै भो
अनुरागमा दाग लाग्यो कौडिमा तोकिएँ म

मोल मोलाई धेरै भयो तिमीले छाडेदेखि
लाग्छ समान सरह लिलाममा जोखिएँ म

फुलै बिझ्न थाले पछि काँडा नि बिचरो भयो
दु:खाइमा होस कहाँ, नसोध किन झोकिएँ म

1 thought on “सबैतिर लुटिएपछि, आँखाबाट पोखिएँ म”

  1. ramr0 6a………..
    कहिले

    ramr0 6a………..

    कहिले रत्न भए कहिले पथ्थर यस्तै भो
    अनुरागमा दाग लाग्यो कौडिमा तोकिएँ म

Leave a Reply

Your email address will not be published. Required fields are marked *