Skip to content


सयौँ जुनी साथ दिने बाचा हुन्छन् आज भोलि,
आजको त ठेगान छैन के आश गर्नु अझ भोलि ।

तन मन सबै तिम्रै भनी च्याप्रे पार्छन यता,
उही डायलग कन्ठ पारी फेरि बक्छन उता ।

हिजोसम्म भेट हुँदा निहुरिने तिम्रा शिर,
तर आज भेट हुँदा बटारिन्छन अर्कै तिर ।

कसलाई दोष दिनु समयको रितै यस्तो,
कलियुगले पारिदियो मायाको मोल धेरै सस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *