पढ्न खोज्छु, लेख्न खोज्छु, हातै अघि सर्दैनन् खै,
जति प्रयास गरे पनि दिमागमा कैले घुस्दैनन् केही ।
एउटै पाना हेर्दा हेर्दै घन्टा पनि बित्दो रैछ,
पुस्तक छाडी यो मन, कता कता डुल्दो रैछ ।
झल्यास्स बिउँझी, घुँडा टेक्छु, खुबै पढ्ने जस्तो गरी,
लाग्या’ बानी किन छुट्थ्यो, उड्छ मन हावा सरी ।
