Skip to content

सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ को द्वैमासिक साहित्यिक कार्यक्रम सम्पन्न

  • by


सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ द्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको छपन्नौ शृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६८ साल श्रावण महिना १४ गते शनिवार सम्पन्न भयो ।

उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा रामबहादुर पहाडी, दिनेशविक्रम थापा, अर्जुन पौडेल, अरुणबाबु खत्री “नदी”, कौशला लामिछाने, कृष्णप्रसाद बस्याल, डा.बमबहादुर थापा जिताली, गोविन्दप्रसाद घिमिरे बेदमणि, भीमराज ढकाल, श्रीहरि फुयाल भाग्यशाली अधिकारी, दिनेशविक्रम थापा, राजनविक्रम थापा, डा. निरज भट्टराई, कमलराज के.सी., भगवती पौडेल, यमुना नेउपाने, कृष्णदेव रिमाल, पुण्यप्रसाद घिमिरे, बैरागी जेठा, शशी थापा पण्डित लगायत विभिन्न ५१ जना कवि एवं कवयत्रीहरूले आ-आफ्ना रचना पढेर सुनाएका थिए ।

कार्यक्रम डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यमा र कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

मनमैजु सांस्कृति समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएकोले अन्यत्र कतै प्रकाशित नभएको १५० शब्दसम्मको कविता यस ठेगानामा आइपुग्ने गरी पठाईदिनु हुन विनम्र अनुरोध गरेको छ । प्राप्त भएका कविताहरू मध्ये छानिएका कविता प्रकाशित पनि गरिने व्यहोरा जनाएको छ ।

अरुणबहादुर खत्री नदी
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेलः arunnadi2024@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *