Skip to content

हराउन मन लाग्छ

  • by
GovindaOjha

हराउन मन लाग्छ तिम्रो मिठो मुस्कानमा
लुकिरहुँ लाग्छ तिम्रो मुटुको त्यो कुनामा

यी डाँडापाखा नदी नला सबै तिम्रै गीत गाउछन्
मैले बस्ने झुपडीमा तिम्रै गुणगान गाउछन्

सँगै बसिरहु लाग्छ यो समधुर मिलनको क्षणमा
लुकिरहुँ लाग्छ सधैं तिम्रो मुटुको कुनामा

यो गाउँमा चर्चा तिम्रो त्यो शहरमा चर्चा रैछ
तिमी मेरो तनमा मन मुटुमा तिम्रै नाम लेख्छु

लुकिरहुँ लाग्छ तिम्रो मुटुको कुनामा
मेरो विश्वास मात्र किन सबै थोक तिमी हौ

मेरो जिन्दगीको पलहरू सम्झनामा तिमी हौ
डुबिरहु लाग्छ मलाई तिम्रो मायामा
लुकिरहुँ लाग्छ तिम्रो मुटुको कुनामा

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२ दीपायल डोटी
मोबायल नं. – ९८६८४२३८६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *