Skip to content

म चाहन्न तिमीलाई अझै दुख दिन


म चाहन्न तिमीलाई अझै दुख दिन
तेसैले अफ्नो छातीमा छुरा रोपी
तिम्रो खुशी लेख्दै छु

म चाहन्न तिम्रो बाटोमा अझै बाधा बन्न
तेसैले आफ्नो चिता आफैँले जलाई
त्यसको खरानी आफैले टेक्दै छु

म चाहन्न तिम्रो आखामा आसु ल्याउन
त्यसैले आफ्नै आँसुका थोपाहरूले
हाम्रा अतित मेट्दै छु

म सक्दिन तिमीलाई हेर्न
अरु कसैको अंगालोमा
त्यसैले होला सायद
संसार पनि झन झन धमिलो देख्दै छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *