तिमी कहाँ
म कहाँ
हामीबिच कति लामो यो दुरी ।
सपनामा तिमी
कल्पनामा तिमी
तिम्रै महसुस गर्छु वरिपरि ।
नयनमा तिमी
ओठमा तिम्रै नाम
तिमी छौ यो हृदयभरि ।
तिम्रै छ याद
तिम्रै माया
तिम्रै छ सपना
तिम्रै चाहना ।
तिमी कहाँ
म कहाँ
हामी बिच कति लामो यो दुरी । । ।

तिम्रै माया…
तिम्रै माया…