Skip to content

लडीबुडी धेरै गरी चुस्यौ छाती मेरो

  • by
BasantaMohanAdhikari


लडीबुडी धेरै गरी चुस्यौ छाती मेरो
देह लुट्यो पराईले आज राति मेरो

सत्ताभत्ता तिम्रै लागि भुरा मरिरहे
कसो गरी हुर्काउने सानो नाती मेरो

ऋण काडी विदेशमा छोरा उतै झुल्यो
खेतबारी बाँझै रही फुल्यो पाती मेरो

संबिधान नारासँग सत्ता लुछाचुँडी
नेपाली भै नेपालीले भन्यौ जाति मेरो

हज्जारौं सहिद भए लाखौं रोइरा’छन्
जन्माएको आफ्नै छोरा भयो घाती मेरो

बसन्त मोहन अधिकारी
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *