Skip to content

छातीको दुध मेरो

  • by


छातीको दुध मेरो बागमतीको ढलमा हाल्यौ
स्वाभिमानी स्वाभिलम्बी प्रतिष्ठा नी फाल्यौ

उत्तर दक्षिण पूर्व पश्चिम तिम्रा नातागोता
जिउँदै मलाई जलाउन दागबत्ती बाल्यौ

रगतको खोला बगाई हज्जारौं देह ढाल्यौ
रुप-रंग मात्र फेर्न ब्यर्थ किन दारी पाल्यौ

समय सगर चढ्दा उल्टो तिमी तल झर्यौ
जन्मदिने आमा छाडी सासुज्यूको सेवा थाल्यौ

सविधान नारासँग सत्ताभत्ता लुछाचुँडी
सत्ताभत्ता पालैपालो जन्म दिने आमा गाल्यौ

को हौ तिमी के गर्दैछौ आफ्नो जस्तो लाग्न छाड्यो
बुद्धीजीवी नेता भन्थ्यौ खाल्टोमा नेपाल हाल्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *