माया लाउने ईच्छै भए तेलै घस्नु पर्दैनथ्यो
एक बित्ताकै कपडाले कम्मर कस्नु पर्दैनथ्यो ।
नजरले नै सङ्केत गरे कुरो बुझ्ने थिएँ मैले
अमुल्य यो हाम्रो माया यति चाँडै मर्दैनथ्यो ।
कमी छैन भोकै बसी रङ्गीन धोक्रो लगाउनेको
म्यासेज एउटा पठाएको भए जोगी नै त भईंदैनथ्यो ।
चित्त हामीले बुझाउनै पर्छ नत्र भने
यत्तिकैमा भाग्य हाम्रो कसै पनि टर्दैनथ्यो ।
चेतनारायण लामिछाने, स्याङ्जा
हाल:- गोल्फुटार काठमाडौं
