Skip to content

ढुङ्गा पनि फूल सम्झी उनेको छु मैले


हजार भए बजार हुन्छ सुनेको छु मैले
नउम्कियोस गोजीबाटै थुनेको छु मैले

थोरै दु:ख धेरै सुख भोलि पाऊँ भन्दै
रेगिस्थानका गल्ली-बाटा खुनेको छु मैले

पसिनाले पैसा साटी पछि सुखी हुने
कल्पनाको लामै तान बुनेको छु मैले

मरुभूमि चर्को घाम सबै बिर्साउने
गाउँघरमै एउटी माया चुनेको छु मैले

काम गरी दामसँगै नाम निहुँ भन्दै
ढुङ्गा पनि फूल सम्झी उनेको छु मैले

-बुद्धि मोक्तान

2 thoughts on “ढुङ्गा पनि फूल सम्झी उनेको छु मैले”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *