बोलाएर केही बेर, पर्खिएर गयौ
संघारमा टेकी फेरि, फर्किएर गयौ
बोलाउँदा मुस्कानले, सुस्त समीपमा
कुन्नि के कसुर भयो, झर्किएर गयौ
लिएर आएको थिएँ, गुलाब हातमा
दोबाटोमा भेट हुँदा, तर्किएर गयौ
फूल हानेँ बदलामा, स्वयम तिमीले
आफैँ ढुंगो हान्यौ आफैँ, चर्किएर गयौ
छोडी घरबार तिम्रो, पछि लाग्दै थिएँ
अघि-अघि बिष पानी, छर्किएर गयौ

nice gajal,surya ji bastabmai
nice gajal,surya ji bastabmai ramro gajal lekhnu hunchha..malai uhaka gajal haru sarai man parchhan
वाह!वाह!!क्या गजल
वाह!वाह!!क्या गजल छ………………