नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ
नखोलेरै अधरको मुस्कान मिठो लाग्छ ।
नखोलेका अधरको मुस्कानमा हराउँदै
झुकेका ती नजरको मोहनीमा रमाउँदै
इन्द्रेणी भई सिउँदोभरि फुल्न मन लाग्छ
तिमीसँग आकाशजस्तै खुल्न मन लाग्छ ।
नशालु ती नजरको मातभित्र हराउँदै
लजालु त्यो मुहारको प्यारभित्र रमाउँदै
इन्द्रेणी भई सिउँदोभरि फुल्न मन लाग्छ
तिमीसँग आकाशजस्तै खुल्न मन लाग्छ ।
मधुपर्क २०६८ साउन
