अभावमा पुग्नलाई नुन बाँकी नै छ
विकासले गाँउबस्ती छुन बाँकी नै छ ।
तराई मिचे पहाडलाई दुख्नुपर्छ अब
सँगै हाँस्न सँगै सँगै रुन बाँकी नै छ ।
मेट्नुपर्छ पुराना घाउ मलम पट्टी लगाएर
बारुदको गन्ध अनि खुन बाँकी नै छ ।
पुरानाको मिति पुग्यो नयाँ गीत रच्नुपर्छ
डम्फू मादल, बाँसुरीको धुन बाँकी नै छ ।
नयाँ नेपाल बनाउने महान् अभियानमा
हात गाँसी एकजुट हुन बाँकी नै छ ।
श्री वालेश्वर मा.वि. केरुङ, सोलुखुम्बु
मधुपर्क २०६८ साउन
