मधुर रसले नकस भो

  • by


मधुर रसले नकस भो मदहोसी यो रात ढल्न सक्छ
इसाराले नडाक भो कसम, मनमा आँधी चल्न सक्छ

सुन्दरताकी खानी तिमी घप्प मुहार बल्दा कसम
नलेख्नेले गजल लेख्छन् यादैयादले ईश्वर ढल्न सक्छ

उज्ज्वल मुहार, भिन्दै ढंगमा रङमञ्च चलाउँदा
सबै कुरा त्यागमा भुल्दा, रहरमा आगो बल्न सक्छ

नहाँसेकै बेश तिमी बसन्तसँगै बहर बोकी
तिरमा आँधी चलाउँदा समाजले मोसो दल्न सक्छ

मनको नयाँ मघुमासमा चाहनाको प्रेमधारा बगाउँदा
सुशान्त उषा उजाड निशा तिम्रै जवानीमा जल्न सक्छ

अर्जुन पाण्डे “दीक्षीत”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *