किन – किन उनकै यादले बहकाउँछ मलाई
अँध्यारो मै उनको तस्बिर टहकाउँछ मलाई
थोरै दिनको यात्रा थियो सँगै हिँड्ने मौका पायौँ
ती क्षणहरू बिर्सुँ भन्दा झकझकाउँछ मलाई
रात दिनकै सपनीमा भेट्न आइन जस्तो लाग्छ
सम्झनाको चौतारीमा किन हो छकाउँछ मलाई
हेरिरहुँ जस्तो लाग्ने उनको तस्बिर राखेँ मैले
तस्बिरकै सुगन्धले बाटो महकाउँछ मलाई
जुन बाटो भै उनी हिँड्थिन् त्यही बन्यो मेरो लक्ष
औंशी पनि पूर्णे बनि सधैँ चहकाउँछ मलाई
बिराटनगर : ४, नेपाल |