Skip to content

तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०० औं शृंखला सम्पन्न

  • by
20110921_SakulaTamang_News


भदौ ३१, २०६८

बिगत दश वर्षदेखि नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार सन्चालन हुँदै आएको तामाङ डाजाङको साहित्यिक गोष्ठीले १०० औं शृंखला पार गरेको छ ।

भदौ ३१ गते शनिबारका दिन राजधानिको वाल्मिकी क्याम्पसमा एक विशेष कार्यक्रमको बिच शयौं शृंखला विशेष रुपमा सम्पन्न भएको हो ।

यसै अवसरमा तामाङ साहित्य विकासमा डाजाङको ग्योइकाइ गेताङले खेलेको भूमिका भन्ने विषयमा पत्रकार एवं साहित्यकार फुलमान बलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्रमाथि लेखक तथा अनुसन्धानकर्ता अजितमान तामाङ र गजलकार खोजराज गोलले टिप्पणी गर्नु भएको थियो ।

त्यस्तै गरी कार्यक्रममा तीन ओटा पुस्तक पनि बिमोचन गरिएको छ । “तामाङ मानकिकरण”, “ह्याङला ह्वाइ” र एक शताब्दीभरि विभिन्न पत्रपत्रिकामा प्रकाशित तामाङ कथाहरूको संग्रह “तामाङ सेङराप”को बिमोचन तामाङ धार्मिक तथा साहित्यिक व्यक्तित्व लामा धर्मराम तामाङद्धरा बिमोचन गरिएको हो ।

तामाङ संघसंस्थाका प्रतिनिधि साहित्यिक अग्रज व्यक्तित्वहरू र स्रस्टाहरूको उलेख्य उपस्थिति रहेको कार्यक्रममा कविता, गजल, गीत लगायतका विधा पस्तुत भएको थियो ।

विभिन्न वाधा-अवरोधहरू पन्छाउदै अनवरत रुपमा सन्चालित तामाङ भाषाको साहित्यिक गोष्ठीले तामाङ समुदयमा एक इतिहास खाडा गरेको भन्दै सबैको साथ र सहयोग जरुरी औँल्यउदै कार्यक्रममा तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले गीत गाउनु भएको थियो ।

सन्चु तामाङ् (सकुला)

Leave a Reply

Your email address will not be published. Required fields are marked *