Skip to content

कदापि यो झण्डा नुहिन दिन्न


खोसेर लिन्न मागेर खान्न
कसैको पराधीन सहन्न ।
तातो रगत बग्ने हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

जननी जन्मभूमि रहन्छिन
सधैँ आफ्नो स्वार्थभन्दा माथि ।
कायर भै सधैँ मरिरहनु भन्दा
रणमा बीरत्व पाउनु जाति ।
अन्याय सहन्न अत्याचार सहन्न
कसैको पराधीन सहन्न ।
बीरको सन्तति हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

मातृभूमिसँग माग्ने होइन
खाँचो परे शिर चढाउँछु ।
स्थायी शान्ति सदभाव ल्याई
नेपाल आमालाई हसाउँछु ।
भेदभाब सहन्न रंगभेद सहन्न
कसैको पराधीन सहन्न ।
सरल शान्त हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *