बिहानी सुर्योदयसंगै अचानक प्रहरीहरु घरमा आएर भने, “रामचन्द्रलाई लिन आएका, ड्राईभर कुटपिट गरेको आरोप छ उहाँलाई” घरका सबै सदस्य छक्क परे, कसैको बोली फुटेन ।
निर्दोष रामचन्द्र केही बोलेन तर उसलाई उजुरी गर्ने ब्यक्ति को रहेछ, चिन्न, जान्न जिज्ञासा लाग्यो । त्यसैले तुरुन्तै तयार भई प्रहरीलाई हिडनुस भन्दै अघि बढ्यो । रामचन्द्रका बुबा आएर भन्नु भयो “पर्खनुस मेरो छोराको के कसुर छ ? के गल्ती गरेको छ र पक्रेर लानु हुदैछ ?”
रामचन्द्रले भने “बुबा तपाई नआत्तिनुस म थाना पुगेर वास्तविक कुरा बुझेर आई हाल्छु ।” थाना पुगे पछि ड्राईभरले रामचन्द्रलाई देख्नासाथ भन्यो “सर मलाई कुटने मान्छे त उहाँ होईन त ।”
इटहरी, सुनसरी ।
किराँत आवाज पत्रिका
२०६३ मंसिर २९
