धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
सँग-सँगै रमाउदा आनन्दै छ जिन्दगी
जङ्घारमा साथ दिने मेरी यौटी प्रियसी
उन्ले हात समाउँदा आनन्दै छ जिन्दगी
भाग्य रेखा बनाउछु अब यही बेलामा
आफ्नै भाग्य बनाउदा आनन्दै छ जिन्दगी
दु:खमा नै हाँस्न सिकेँ दु:खमा नै रमाएँ
खुशीयाली मनाउदा आनन्दै छ जिन्दगी
हरपल हरक्षण साथ दिए सबैले
सहमति जनाउदा आनन्दै छ जिन्दगी
अज्ञात पाल्पाली
