शुभ होस दशै भन्दै कति रटनु पट्टु सरी
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरी
खेर गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरी
सुख सम्बृद्धि त्यस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरी
सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरी
