फूलको थुँगा टिपेर तिमी शिरमा सजाऊ
बैंशालु मन भाकेर माया दिलमा रमाऊ ।
चन्द्रमा जस्तो उज्यालो मुख आउँछ झल्झली
रातमा तिमी सपनी हुँदा पसिना खल्खली ।
मायाको डोरी बाटेर किन तानेको तिमीले
दौंतरीलाई बाटोमै छाड्न जानेको तिमीले ।
दिनमा पर्खी बसेको आज आउँछौ भनेर
दिलमा चोखो फूलको माला राख्याछु उनेर ।
छोडेर गइन् ती मेरी प्रिय ! भेट्यौकी तिमीले
हे मेरा साथी ! हे मेरा संगी ! देख्यौकी तिमीले ।
चिनेर तिमी सामुन्ने आई सोधेको सुन्दिनु
मरेको लाश भएर पर्खी बस्याछ भन्दिनु ।
साह्रै राम्रो कविता ..!!
दिनेश जी निकै मिठो लाग्यो कविता त धन्यवाद छ हजुरलाई …!
lekha malai man paryo
hajur tapai ko lekha akdam man paryo
I LIKE IT
hajur ko lekha akdam man paryo