Skip to content


जमरा र टिका थाप्न यसपाली त आइन आमा
बिदेसीको कर्मै यस्तो बिदा मैले पईन आमा
बाटो हेर्दै होलान सबै म आउने आसै आसमा
आँशु खस्छ सम्झनाको प्रत्येक गासै-गासमा आमा

पूजा गरी दुर्गामाको खुसीसँग बस आमा
नझार है आँखाबाट अमूल्य ती रस आमा
हाम्रो पनि दिन फिर्नेछ सँगै बसी रमाउने
भविस्यको कल्पनामा मनको बाध कस आमा

आशिर्बाद तिम्रो सदा सदा होस् मेरै साथमा आमा
यसपाली नि सपनै भो रातो टिका माथमा आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *