सुस्तरी-सुस्तरी, ढल्दैछ जीवन ॥
भिजेको माटो झैं, गल्दैछ जीवन ॥
हिजो जस्तै आज नि, पाईएन मूल्य
उधारै-उधारोमा, चल्दैछ जीवन ॥
अपुरो भो अधुरो भो, हर आशाहरू
पीरैपीरको रापमा, जल्दैछ जीवन ॥
बिरानो भो संसार यो, बाँच्नु सार छैन
धुँवा र खरानीमा, बद्लदैछ जीवन ॥
पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्याङ, सिन्धुली
२२ साउन, २०६८ ।