Skip to content

सुमधुर स्मृति नयनबाट टाढा भयो

  • by


सुमधुर स्मृति नयनबाट टाढा भयो
वियोगको कथा नै आजभोलि गाढा भयो ।

सगरझैँ अविचल अविनासी मायाप्रेम
किन होला छेक्ने हिजोआज डाँडा भयो ।

जीवन जिउने कसम तिम्रो धोका हुँदा
मुटुमा बिझ्ने गरी जीवन तिखो काँडा भयो ।

साथीसँगी बिर्सेर एक्लै बाँच्ने अठोटमा
दुःखपीडा बर्सिएको आँसु नै आड भयो ।

झौँखेल-३, भक्तपुर

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *