Skip to content

अस्ताउनेहरू छन् उदाउनेहरू छन्

  • by


अस्ताउनेहरू छन् उदाउनेहरू छन्
एक आपसमा जुधाउनेहरू छन्

खाली समयको सदुपयोग गर्दै
झुठो माया पिरती लाउनेहरू छन्

पुजा गरे बरदान पाइन्छ भनेर
सित्तैमा मन्दिर धाउनेहरू छन्

यो हुलमा व्यर्थै नेता नखोज मित्र
यहाँ केवल गजल गाउनेहरू छन्

हाम्रो गाउँको चौतारो पनि त
बिगार्नेहरू छन् बनाउनेहरू छन्

नाला-५, काम्रे

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *