Skip to content


कुनैदिन
दन्त्यकथाको पानाबाट
फुत्त उछिट्टएिर आइपुग्नेछ
मिस्रीको पहाड- कमिलाहरूको सहरमा
त्यतिबेला
ठूला कमिलाहरूलाई-डाइबेटिज भएको हुनेछ
मझौला कमिलाहरू छिरिसकेका हुनेछन्-
दन्त्यकथाभित्र मिस्रीको खोजीमा
र,
ससाना कमिलाहरूलाई मनपर्नेछैन
त्यहाँबाट आउने थुकको गन्ध
हेर्दाहेर्दै,
कसैले नचाटिकनै सिद्धिनेछ
कमिलाको सहरबाट मिस्रीको पहाड…….।
तनहुँ

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *