Skip to content

अभागी यो अयोध्यामा

  • by


अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम

रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
ब्ानिसक्यो देवभूमि दानवको गाम

शकुनि नै शकुनि छन् जता हेरे पनि
सुन्दिनँ म आजभोलि विदुरको नाम

पुगिएन गन्तव्यमा जति हिँडे पनि
यस्तो पारा अगुवाको, छक्क परे आम

सुनचाँदी, हीरामोती पेवा महलको
राजधानीतिर देख्छु अगस्तिको लाम।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *