Skip to content

मै अभागी रै’छु बैनी

  • by


मै अभागी रै’छु बैनी मलाई माला नउने भो
सप्तरंगी टिका यो साल, निधारमा नहुने भो ।

त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउँछु भन्थेँ
कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो ।

साइँला माइला गाउँका चेली सबै जम्मा हुँदै होलान्
मलाई सोध्दा रुन आउला, तिन्का कुरा नसुने भो ।

त्यो आमाको आँसु अनि भाइटिका मा रुदै बैनी
जान देऊघरमा प्रभु! मलाई यहाँ नथुने भो ।

भरतपुर-१३, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *