Skip to content

वसन्तको बहारमै खडेरी यो कस्तो


वसन्तको बहारमै खडेरी यो कस्तो
घर जलाई हात परेको घडेरी यो कस्तो

दिन बिते आँखा चिम्ली चिसो साँझ ओर्ल्यो
जून बेची पर्खिएको अंधेरी यो कस्तो

घर भन्नु छानो ह्वाङ्गै ओत लाग्नु छैन
आफ्नै चिहान तम्तयार छ मझेरी यो कस्तो

मूल भन्नु मेटिएछन् भाईचारा र बन्धु
रगत कै धारो बग्ने पँधेरी यो कस्तो

सम्मान र सत्कारहरू बसाइँ सरिगए
आज्ञापालक कोही छैनन् अटेरी यो कस्तो।

3 thoughts on “वसन्तको बहारमै खडेरी यो कस्तो”

  1. बडा सुन्‍दर छन्‌ यी हरफहरु
    बडा सुन्‍दर छन्‌ यी हरफहरु !

    घर जलाई हात परेको घडेरी यो कस्तो
    जून बेची पर्खिएको अंधेरी यो कस्तो
    रगत कै धारो बग्ने पँधेरी यो कस्तो

    टुक्रैटुक्रा हुन लागेका सिङ्‌गोपन, लुटिएको पत्तै नपाइने अँध्‍यारोपन र तिर्खा लाग्‍दा भर्न नसकेको अँजुली ! त्‍यस्‍ता केही वस्‍तुहरु रहेछन्‌ तपाईमा जसलाई प्रतिक्रिया जनाउँदा गजल बन्‍दा रहेछन्‌ हरफहरु

    good !

Leave a Reply

Your email address will not be published. Required fields are marked *