घरी-घरी आँखाभरि

  • by


घरी-घरी आँखाभरि, हेरिरहन पाऊँ तिमीलाई
माया गरी अँगालोमा, बेरिरहन पाऊँ तिमीलाई

संसार शुन्य लाग्दछ, पलभर तिमी नपाउँदा
हरेक श्वासप्रश्वासमा, फेरिरहन पाऊँ तिमीलाई

जता जाऊँ जहाँ पुगुँ, केवल तिम्रै सम्झना छ
ह्दयका पानाभरि, केरिरहन पाऊँ तिमीलाई

लाग्छ डर कता-कता, भई दिन्छौ कि पराइको
धडकनसँगै मुटुभित्र, घेरिरहन पाऊँ तिमीलाई

पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगम भञ्ज्याङ, सिन्धुली
१४ असोज, २०६८ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *