Skip to content

यसपाली नी आइन दिदी


पोहोर ढाटेँ परार ढाटेँ, यसपाली नि आइन दिदी
रहर थियो टिका थाप्ने, छुट्टी मैले पाइन दिदी

देउसी भैलो रमाइलो, गर्दै होलान साथीसँगी
यसै बित्यो यसपाली नि, देउसीभैलो गाइन दिदी

दशैँ बित्यो रुँदा रुँदै, तिहार पनि उसै जाला
भत्के पछि मनहरू, दशै कै दिन खाइन दिदी

भन्छन कोही टिका लगाउ, म पनि त बहिनी नै हुँ
हजुर बाहेको अरु कसैको, टिका मैले लाइन दिदी

आँशुको नै सप्तरंगी, गलाभरि पहिरिरा’छु
त्यसैले त हजुरसँग, अनलाइनमा छाइन दिदी

http://dipak1yatri.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *