Skip to content

तिहार र सपनाहरू


बारीका डिलहरूमा मखमली सयपत्री हेर्दै
मनमा पीडाका आँसु बोकेर
परदेशिएको भाई सम्झदै गर्दा
तातो घाममा तर तरी पसिना चुहाएको
खाडीको भट्टीमा झोसेर सपना कोरल्न
श्रापित ठुलो कान्छा तिहारको रमझम कसरी सम्झोस
सप्तरंगी टिका निधारमा थाप्ने रहर
टाढा मरुभूमिको भेडी गोठमा कैद छ
यो सपना खानेहरूको देश
यो सपना खानेहरूको देश
तन्नेरीहरूलाई बिदेश धकेल्न मरिहत्ये छ
कठै यी माटोहरू जहाँ बुद्ध जन्मे
आज पनि अरनिकोहरू देश छाड्न विवश छन
र त तिहार अनि भाईटिका दिदीहरूको
अविरल आँसु बनेर झर्दो छ
भाई हाहाकार मन लिएर आफ्नो
जीवनको तमसुकमा ल्याप्चे लगाउदो छ
आमा अर्को साल भाई आउने सपना
आफ्ना छोरीहरूमा बाडेर लामो सुस्केरा छाड्छिन
र नेता गजधम्म कुर्सीमा बसेर
रेमिट्यान्स भित्राउने नारा फलाक्न ब्यस्त छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *