जनम-जनम बाँच तिमी, म त मर्दैछु ॥
कात्रो ओडी मसानघाट, बसाइँ सर्दैछु ॥
घातमाथि घात भयो, टुट्यो साहरा
व्यर्थ यो जिन्दगी, ‘डोम’मा भर्दैछु ॥
सुम्पिएर तिमीलाई, यो सारा दुनियाँ
छुट्टै नयाँ संसारको, यात्रा गर्दैछु ॥
चोखो माया कुल्चिएर, लेख्यौ राजीनामा
कहिल्यै भेट हुन्न अव, पारि तर्दैछु ॥
फूल बनी फक्रिएर, मीठो वासना छरी
बस तिमी डालीमै, म त झर्दैछु ॥
पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगम भञ्ज्याङ, सिन्धुली
२१ असोज, २०६८ ।
