तिम्रो बिहेको तिथि-मिति सबै कुरो था’ थ्यो मलाई
तिम्रो शुभ-विवाहमा आउन मन त ला’ थ्यो मलाई
परदेशी भई पराइको पासोभित्र परेपछि
बर्षै दिनमा छुट्टी चाहियो भन्ने शाहस काँ’ थ्यो मलाई
घामपानीको जम्काभेटमा इन्द्रेणीले छा’ को जस्तै
तिमीबाटै निम्तो पाउँदा उमंगले छा’ थ्यो मलाई
तिम्रो ठूलो खुशीको दिन सबै साथी आए होलान्
म चाहिँ आउन नपाउँदा मनै खल्लो भा’ थ्यो मलाई
तिम्रो आँगन नौमती र जन्तीहरू भरिएका
कल्पनाका तस्विरहरू आँखै अघि आ’ थ्यो मलाई
नकुल थापा

very nice 6
very nice 6