Skip to content


प्रेमको झोकमा लिएका, चुम्बनहरूलाई
यौवनको प्यास, नसम्झनु माया ।

बिछोड हुने डरले, लिपट्टिएको थिएँ
बाध्यताको आभाश, नसम्झनु माया ।

अन्धबिश्वासको चपेटाले, मुर्छाएको छु म
कहिले नउठ्ने लास, नसम्झनु माया ।

बाध्यताले टाढा-टाढा, बनाइदिए पनि
उडी जाने बतास्, नसम्झनु माया ।

सुख द:खको यो, जीवनको खेललाई
हार जित हुने खेलको तास, नसम्झनु माया ।

हरिप्रसाद तिवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *