Skip to content

राजनितिको घिन लाग्दो सहवास हेर

  • by


राजनितिको घिन लाग्दो सहवास हेर
एक अर्कामा प्रत्यारोपी बकवास हेर

आफू निर्दोष भन्दै दिन्छन् अर्कालाई दोष
नकाब खोली आफै गर्छन् पर्दाफास हेर

एउटा झोला भिरे अनि राजधानी छिरे
राजधानीमा बाँच्न खोस्छन् हाम्रै गाँस हेर

काठमाण्डौंमा ठड्याउँछन् के के जाती सदन्
अनि केलाई फिर्थे बरै बर्दिबास हेर

हाम्रो ईच्छा हाम्रो रहर संबिधान कुल्चे
साँच्चै आज बन्द गरे हाम्रै श्वास हेर

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *