Skip to content

मेरो देश

  • by


लेखक जति मंत्री बने सजाउँथ्यो कि मेरो देश !
बेलैमा लेखी संविधान बचाउँथ्यो कि मेरो देश !

कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण
आदर्श कार्य आफै गरी जगाउँथ्यो कि मेरो देश !

चेतनशील मान्छेहरू राष्ट्रनायक बनेदेखि
गर्वले नतमस्तक् बनी लजाउँथ्यो कि मेरो देश !

न्याय मिल्नेथ्यो जनलाई दयामायाले भाग्य कोर्दा
शौरभ छर्दै पुष्प सरी बसाउँथ्यो कि मेरो देश !

तरवारले रेट्ने ठाउँ कलम चल्न थालेपछि
विश्वमा शान्तिको त्यो ताज लगाउँथ्यो कि मेरो देश !

सजना गुरुङ
कुश्मा, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *