वर्ष बित्यो फेरि उही धुन सुन्न मन लाग्यो
सयपत्री मखमली माला उन्न मन लाग्यो
चाडबाड सयौँ यहाँ मनाउने गर्छौं हामी
छानी छानी तिहार नै फेरि चुन्न मन लाग्यो
दिपावली आयो बरि, हर्ष खुसी मनाउँदै
यदाकदा फाट्या मन आज तुन्न मन लाग्यो
राख्ने गर्छन् आस्था सबै सप्तरङ्गी टिकासँगै
दुबो चोपी तेल्मा घेर्दै काल थुन्न मन लाग्यो
भाइटीका लगाउँछन् बन्धुरक्षा गर्नलाई
छल्न यम चक्रव्युह कस्दै बुन्न मन लाग्यो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

सुनगाभा dhanyebad
sarai mitho. lekhdai garnu hola, hamilai padne mauka dindai garnu hola. dhennebad
dhanyavada yahaalai pani
dhanyavada yahaalai pani sundara pratikriyako laagi.