फुल्न सकिन बसन्त अन्तै सरेको कारण
इच्छा उमङ्ग हृदय भित्रै मरेको कारण ।
फक्री रहन रहर थियो, प्रकृति आडमा,
रह्यो सपना अधुरो, ओईली झरेको कारण ।
आज यसरी भौतारे, आखाँ लागेछ बैगुनी
पापी निर्दयी दैवको, दृष्टित्यो परेको कारण ।
दियो मलाई खुशीको राग अनौठो सुबास,
फेरि लुटिए उसैले हाँसो हरेको कारण ।
खाएँ हण्डर ठक्कर कयौं, बुनेर कल्पना,
माली निष्ठुरी, मर्दैछु बिष छरेको कारण ।
कल्पना राई
दक्षिण कोरिया
