Skip to content


न छ शीतल न कुनै घाम देखेँ
मान्छे अनि गाडीको लाम देखेँ

हत्या, हिंसा, डकैँती र चोरी
तिम्रो शहरमा खुलेआम देखेँ

सोझो मान्छे बगलीमा छुरा
मुखमा जपेको रामराम देखेँ

बहुविवाह मान्दिन भन्नेका
घरमा ६ वटी जहान देखेँ

एउटा छोरी एउटा छोरा
भन्नेका घरमा बथान देखेँ

के सोचेर म पसेथेँ शहर
आज आफ्नै चिहान देखेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *