दुनियाँमा यस्तो सृष्टि सम्भव नै हुँदैन
जहाँ सृष्टि कुशल होस् तर मृत्यु नजिक नहोस्
सृष्टिको विधानको विपरीत उभिन खोजेर धेरै मान्छे
मृत्युको विरुद्धमा उभिएझैँ गर्छन्
सोच्छन्, उनीहरू त मृत्यु विना नै जन्मिएका हुन्छन्
तर हरेक सृष्टि
मृत्युसँग नै जोडिएको हुन्छ
जन्मबाट-मृत्यु
मृत्युबाट-जन्म
यही चक्रमा सृष्टि शायद घुमिरहेको हुनुपर्छ
मानवीय संवेदना र संस्कृतिलाई जीवन्त तुत्याउन
सृष्टिको नियम चलेको हुन्छ
तर विडम्बना
जन्म र मृत्युको चक्रमा घुम्नै पर्नेहरू
सृष्टिको नियम बुझ्दैनन्
मृत्यु देख्दैनन्
अजम्मरी नै हुने भए अझ कसो गर्थे होलान् ?
दमक, झापा
युवामञ्च २०६८ माघ
