Skip to content

साँझ बत्ती बलेको घर


पारी डाँडा साँझ बत्ती बलेको घर मेरो हो
छानाभरि दु:खहरू फलेको घर मेरो हो

टालिएको छानो अनि टालिएकै भित्ताहरू
हिँउद् बर्षा पानीहुरी छलेको घर मेरो हो

आधा आँग, आधा पेट, आधै छन् रहर पनि
बिहान् साँझ जसोतसो चलेको घर मेरो हो

घाम लाग्छन् कहरका, छाँया पनि कहरकै
पिर पोत्ने रङ्गहरू दलेको घर मेरो हो

रित्ता भाँडा, चिसो चुल्हो, धुँवा धुँवा बल्छ आगो
अँगेनामा सुखहरू जलेको घर मेरो हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *