Skip to content


डस्यो नागले तिम्रो तनमा, जहर अझ बाँकी नै छ
बुझेको छु भित्री मनमा, रहर अझ बाँकी नै छ

पस्यो होला खोज्दा खोज्दै, गाउँका कुना कुना
उथलपुथल पार्नलाई, शहर अझ बाँकी नै छ

टोक्न टोक्यो बरु असर, परेन कि कतै तिमीलाई
बल्ल ऐया आत्थु भाछ, कहर अझ बाँकी नै छ

गर्छु गर्छु आजै गर्छु, कति हतारिन्छ्यौ तिमी
मध्यरात बिते पनि, पहर अझ बाँकी नै छ

लैजाने छु अस्पतालमा, जाँच गराउन तिम्रो
कति काम गर्यो भन्ने, ठहर अझ बाँकी नै छ

त्यति मात्रै कहाँ हो र ?, भनौँ भने बढी अझै
खुसीयाली उदाउने, लहर अझ बाँकी नै छ

2 thoughts on “डस्यो नागले”

  1. मिठो लाग्यो साथी हजुर को रचना
    मिठो लाग्यो साथी हजुर को रचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *