उन्को मेरो बिचमा दिवार कुल घरान जात थियो
एउटै धुरी चुलो चोको आकाश पाताल बात थियो ।
जस्लाई जति लेखेको छ भाग्यको नै दोष भन्दै
उन्को महल मेरो सिङ्गो खुल्ला आकाश साथ भयो ।
किन फरक हाम्लाई प्रभु मुटु रगत एउटै हुँदा
जस्ले बाँध्यो यो नियमा उस्कै ठुलो हात भयो ।
के सोच्नु खै बाँच्दा कहित्यै, एक हुन नसकेको
मर्दा पछि जल्ने हाम्रो,भिन्ना भिन्नै घाट भयो ।
न जन्मिदै खोट लाग्यो मैले छोको नचल्ने रे
हुने लाई त परि आउछ मेरै संसार रात भयो ।
भरतपुर -१३, गजलकुन्ज
चितवन
